सानिमा जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा असार २३ मा, यस्ता छन् मुख्य अजेन्डा

2021-07-05
सानिमा जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा असार २३ मा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आगामी असार २३ गते आयोजना हुने भएको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो। 

बैठकले आगामी असार २३ गते बुधबारका दिन कमलादीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा विद्युतीय माध्यम (भर्चुअल)मार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षण प्रतिवेदन सहित आ.व २०७६/७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु तथा एनएफआरएस बमोजिमको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ।व २०७७÷७८ का लागि बाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा समूह(ख) अन्तर्गत सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुका लागि निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ। 


Share this with your friends: