सानिमा जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

2021-07-07
सानिमा जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(असार २३ गते) सम्पन्न भएको छ । सभा आज कमलादीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा विद्युतीय माध्यम (भर्चुअल)मार्फत आयोजना भएको हो ।  कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको तेस्रो वार्षिक साधारण सभा आयोजना भएको हो ।

उक्त सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। यस्तै लेखापरीक्षण प्रतिवेदन सहित आ.व २०७६/७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु तथा एनएफआरएस बमोजिमको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ।व २०७७/७८ का लागि बाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिएको छ। 

सभामा समूह(ख) अन्तर्गत सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुका लागि निर्वाचन गर्ने प्रस्ताव पारित गरिएको छ ।  


Share this with your friends: