सानिमा जनरल इन्स्योरेन्समा दुई जना सञ्चालक नियुक्त

2021-07-08
सानिमा जनरल इन्स्योरेन्समा दुई जना सञ्चालक नियुक्त

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् । कम्पनीको असार २३ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट दुइजना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् । 

नवनियुक्त हुने सञ्चालकमा प्रपुजा पोखरेल र प्रकाशमान श्रेष्ठ रहेका छन् । दुवै जना सञ्चालक समूह(ख) अन्तर्गतको सर्वसाधारण सेयरधनीका तर्फबाट कम्पनीको सञ्चालक समितिको सञ्चालकमा नियुक्त भएका हुन् ।   


Share this with your friends: