सानिमा लाइफद्वारा रु.८ लाख बीमा दाबी भुक्तानी

2021-08-06
सानिमा लाइफद्वारा रु.८ लाख बीमा दाबी भुक्तानी

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिराह जिल्ला घर भई हरिसिद्धिमा सामान्य साईकल मर्मत ब्यवसाय गरी रहेका मनु सरदार बांतरको परिवारलाई रु. ८ लाख ८ हजार बीमा दाबी भुक्तानी गरेको छ । 

२०७६ भाद्रमा ग्वार्को शाखाबाट रु. ४ लाखको शुभलक्ष्मी बीमा गराएका विमितको कालगतिले मृत्यु हुंदा नै दोब्बर बिमांक र बोनस सहित रु. ८ लाख ८ हजार भुक्तानी गरेको हो । 

सानिमा लाइफ इन्स्योरेन्स ग्वार्को शाखा प्रमुख रुद्र प्रसाद दाहाल मार्केटिङ्ग अफिसर मन्जु खडका तथा समाज सेवी मुना पाण्डेले मृतक विमितकी श्रीमती नबीता देबी सरदारलाइ चेक हस्तान्तरण गर्दै उक्त रकमले तीन जना बाल बच्चाको पढाई तथा परिवारको पालन पोषण गर्न सहयोग पुग्ने अपेक्षा गरिन् ।


Share this with your friends: