सानिमा लाइफ इन्स्योरेन्सद्वारा रु.१४ लाख दाबी भुक्तानी

2021-08-08
सानिमा लाइफ इन्स्योरेन्सद्वारा रु.१४ लाख दाबी भुक्तानी

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित पुरण बुढा मगरको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । बीमित बुढा मगरको वैदेशिक रोजगारिको क्रममा असामयिक निधन भएको थियो । 

कम्पनीले बुढामगरको हकवाला पिता मेरसिङ बुढा मगर को नाममा दाबी भुक्तानी स्वरूप १४ लाख रुपैयाँबराबरको चेक  हस्तान्तरण गरेको हो ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै कम्पनीका मुख्य प्रबन्धक गुणराज श्रेष्ठ, साथ मा अन्डरराइटिङ्ग प्रमुख श्रीमती सुस्मिता राणाले मृतक बीमितप्रति  हार्दिक  क्ष्रधान्जलि व्यक्त  गर्दै  निजको परिवारलाई धैर्यता  प्रदान  ष्र्न भगवानसँग प्राथना गरेका थिए । 


Share this with your friends: