सानिमा जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

2021-12-24
सानिमा जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी पुस ३० गते शुक्रबारका दिन काठमाण्डौ धुम्बाराही चोकमा रहेको स्मार्ट क्याफे एण्ड बैंङक्वेटमा बिहान ११ बजे विद्युतीय माध्यम जुम एपमार्फत सञ्चालन गर्ने निर्णय गरेको छ । 

उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमापथ छलफल गरी परित गरिनेछ । यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु माथि छलफल गरी पारित गरिनुका साथै २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्ण गरेको छ ।  


Share this with your friends: