सानिमा जनरलको वार्षिक साधारण सभा जुम एपमार्फत मात्रै सञ्चालन गरिने

2022-01-12
सानिमा जनरलको वार्षिक साधारण सभा जुम एपमार्फत मात्रै सञ्चालन गरिने

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको  वार्षिक साधारण सभा विद्युतीय माध्यम जुम एपमार्फत मात्रै सञ्चालन गरिने भएको छ । कोरोना संक्रमण बढ्न थालेसँगै नेपाल सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने व्यवस्था गरेकाले कम्पनीले वार्षिक साधारण सभा जुम एपमार्फत मात्रै सञ्चालन गर्ने निर्णय गरेको हो । 

यसअघि कम्पनीले पुस ३० गते काठमाण्डौ धुम्बाराही चोकमा रहेको स्मार्ट क्याफे एण्ड बैंङक्वेटमा बिहान ११ बजे विद्युतीय माध्यम जुम एपमार्फत सञ्चालन गर्ने निर्णय गरेको थियो ।

उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमापथ छलफल गरी परित गरिनेछ । यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु माथि छलफल गरी पारित गरिनुका साथै २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 


Share this with your friends: