सानिमा जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज

2022-01-14
सानिमा जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार आज कम्पनीको चौथो वार्षिक साधारण जुम एपमार्फत सञ्चालन हुन लागेको हो । 

उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी परित गरिनेछ । यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु माथि छलफल गरी पारित गरिनुका साथै २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले गत पुस १९ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । 


Share this with your friends: