सानिमा लाइफद्वारा नविकरण बीमाशुल्कमा सतप्रतिशत विलम्ब छुटको घोषणा

2022-04-05
सानिमा लाइफद्वारा नविकरण बीमाशुल्कमा सतप्रतिशत विलम्ब छुटको घोषणा

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नबिकरण गर्दा सतप्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ । कम्पनीले बीमालेखको नविकरण बीमाशुल्क समयमा भुक्तानी गर्न छुट भएका बीमालेखहरु २०७६ चैत १ गतेदेखि २०७८ माघ २९ गतेसम्म रहि विलम्ब शुल्क लागेको बीमालेखको नविकरण बीमाशुल्क बुझाउँदा विलम्ब शुल्कमा सतप्रतिशत छुट प्रदान गरिने जनाएको छ । 

यो योजना चैत मसान्तसम्म मात्रै लागूहुने कम्पनीले जनाएको छ । 


Share this with your friends: