सानिमा जनरल इन्स्योरेन्सको प्रधान कार्यालय स्थानान्तरण

2022-04-11
सानिमा जनरल इन्स्योरेन्सको प्रधान कार्यालय स्थानान्तरण

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रधान कार्यालय स्थानान्तरण गरिएको छ । का.म.न.पा कमलादी काठमाण्डौमा रहेको कम्पनीको प्रधान कार्यालय काठमाण्डौ टंगाल वडा न.५ मा स्थानान्तरण गरिएको हो । 

कम्पनीलाई बीमा समितिले गत चैत २२ गतेको पत्रमार्फत कार्यालय स्थानान्तरणका लागि स्वीकृती दिएको हो । 

कम्पनीको बीमा व्यवसायमा भएका वृद्धिका कारण दैनिक प्रशासनिक तथा जनशक्ति व्यवस्थापनमा कठिनाई उत्पन्न भएका कारण कार्यालय स्थानान्तरण गरिएको कम्पनीले जनाएको छ ।  


Share this with your friends: