काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ४.२ प्रतिशत बोनस सेयर र ०.२२ प्रतिशत नगद लाभांस गरी कुल ४.४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो ।
कम्पनीद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।