सामुदायिक लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

2021-01-25
सामुदायिक लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा डाकेको छ। संस्थाको माघ ०८ गते बसेको सञ्चालक समितिको बैठकले काभ्रेपलाञ्चोकको बनेपामा रहेको लहरीखर्क रिसोर्टमा सभा आयोजना गर्ने निर्णय गरेको हो। 

उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसका साथै आ.व २०७६/७७ को लेखापरीक्षणको प्रतिवेदन सहित २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरु माथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७७÷७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 
साधारण सभा प्रयोजनका लागि संस्थाले आउँदो माघ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: