सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा ज्ञवाली नियुक्त

2021-05-19
सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा ज्ञवाली नियुक्त

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको जेठ ४ गते बसेको बैठकले ज्ञवालीलाई बैंकको सञ्चालक समितिको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने उनलाई असार १ गतेदेखि लागू हुने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरिएको बैंकले जनाएको छ । 


Share this with your friends: