सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा पूर्वरुकुमको महतमा

2022-02-11
सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा पूर्वरुकुमको महतमा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पूर्वरुकुम जिल्लाको भुमे गाउँपालिकास्थित महतमा यही माघ २३ गतेबाट ९२ औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी   धनबहादुर वलीलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ। 

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ। यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखनीय विश्वास एवं बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ। 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा,  १२३  वटा एटीएम र ९२ वटा शाखारहित बैंकिङ इकाइबाट करिव १३  लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।


Share this with your friends: