काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त भएकि छन् । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको कम्पनीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।