सिद्धार्थ बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

2021-01-04
सिद्धार्थ बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १९ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो माघ १६ गते शुक्रबारका दिन काठमाण्डौ बालुवाटार स्थित आम्रपाली बैंङक्वेटमा भर्चुअल माध्यमबाट सहभागी हुन सक्ने गरी सभा सञ्चालन गर्ने निर्णय गरेको छ। 

उक्त सभामा बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १२ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै बैंकको प्रबन्धपत्र संसोधन गरी बैंकको अधिकृत पूँजी १० अर्ब ५० करोडबाट १६ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गरिनेछ। सभामा सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनले निर्धारण गरेभन्दा बढी भएको खर्चलाई अनुमोदन गरिनुका साथै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको सदस्यता प्राप्त गर्न १० लाख रुपैयाँको सदस्यता शुल्क तथा सदस्यता नविकरण शुल्क बापत ५ लाख रुपैयाँ भुक्तानी गरेकोमा सो अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ। 

यसैगरी अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण प्रक्रियाका पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा आ.व २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्वीटीमा भएको परिवर्तन सम्बन्धि अनुसूचीहरु पारित गरिनुका साथै २०७७/७८ का लागि बाह्य लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि बैंकले आउँदो पुस २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: