सिनर्जी पावरले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

2020-12-16
सिनर्जी पावरले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले तिन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ। कम्पनीको सञ्चालक समितिको मंसिर ३० गते बैठकले १२ औँ १३ औँ र १४ औ ंसाधारण सभा एकैपटक आयोजना गर्ने गरी डाकेको हो। 

बैठकले पुस २२ गते बिहान ११ बजे नक्साल स्थित कम्पनीको रजिष्टर्ड कार्यालयबाट भर्चुअल माध्यम जुम एपबाट सभा आयोजना गर्ने निर्णय गरेको छ। 

उक्त सभामा सञ्चालक समितिबाट सिफारिस भए बमोजिक गत आर्थिक वर्ष २०७६÷७७ को खुद मुनाफाबाट चुक्तापुँजीको ४.७५ प्रतिशत बोनस सेयर र ण्.२५ प्रतिशत नगद लाभांस गरी कुल ५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। प्रस्तावित लाभांसमा चुक्तापुँजीको ४.७५ प्रतिशतले हुन आउने ३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर र ०.२५ प्रतिशतले हुन आउने १७ लाख ५० हजार नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्। 
यस्तै नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७४/७५, २०७५/७६ र २०७६/७७ को वार्षिक आर्थिक प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको तीनै आर्थिक वर्षको वार्षिक वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पारित गरिनेछ। 

 


Share this with your friends: