सिभिल बैंकले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2021-12-24
सिभिल बैंकले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ११ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी पुस ३० गते शुक्रबारका दिन काठमाण्डौ बालुवाटारमा रहेको आम्रपाली बैंङक्वेटमा बिहान ११ बजे भिडियो कन्फ्रेन्समार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आ.व का लागि बैंकद्वारा प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांस गरी कुल ५.२६ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यसका साथै सिभिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्नेरगाभिने वा प्राप्ति गर्न स्वदेशी तथा विदेशी रणनितिक साझेदारीमा जान आवश्यक सम्झौता तथा सहमति गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा बैंकको प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक संसोधन गर्ने र नियामक निकायबाट यससम्बन्धि कुनै फेरबदल गर्न निर्देशन भएमा सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

यस्तै अध्यक्षबाट प्रस्तुत हुने आ।व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा आ।व २०७७/७८ को लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण माथि छलफल गरी पारित गरिनुका साथै आ।व २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि बैंकले आगामी पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। 


Share this with your friends: