सूर्या लाइफको सीईओमा खड्कालाई नियुक्त गर्न बीमा समितिद्वारा स्वीकृती प्रदान

2021-06-08
सूर्या लाइफको सीईओमा खड्कालाई नियुक्त गर्न बीमा समितिद्वारा स्वीकृती प्रदान

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पवन कुमार खड्कालाई नियुक्त गर्ने प्रस्ताव बीमा समितिबाट स्वीकृत भएको छ।

कम्पनीको गत जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई चार वर्षका लागि कम्पनीको सीईओमा नियुक्तीको प्रस्ताव गरेको थियो। 
बीमा समितिबाट स्वीकृति प्राप्त भएसँगै कम्पनीको सञ्चालक समितिले उनलाई सीईओमा नियुक्त गर्नेछ।

यसअघि कम्पनीको सञ्चालक समितिको बसेको मंसिर १ गतेदेखि लागू हुने गरि खड्कालाई कम्पनीको निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो । यसअघि सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कार्यकाल सकिन ३ महिना बाँकी छदैँ राजिनामा दिएका थिए । कम्पनीको सञ्चालक समितिको २७७ औँ बैठकले मंसिर १ गतेदेखि लागू हुने गरी पाण्डेको राजिनामा राजिनामा स्विकृत गरेको थियो । 


Share this with your friends: