सूर्या लाइफको बीमाशुल्क आर्जनमा उछाल, दाबी भुक्तानी पनि ११३.२९%ले बढ्यो

2020-11-11
सूर्या लाइफको बीमाशुल्क आर्जनमा उछाल, दाबी भुक्तानी पनि ११३.२९%ले बढ्यो

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा ८३ करोड ६८ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ४४.५० प्रतिशतले धेरै हो। अघिल्लो वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ५७ करोड ९१ लाख ११ हजार रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १७ करोड ११ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ। जुन रकम गता वर्षको सोही अवधिको तुलनामा ३०.९५ प्रतिशतले बढि हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम १३ करोड ७ लाख ५ हजार रुपैयाँमा सीमित थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीले १७ करोड ५९ लाख २७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको साृही अवधिमा यो रकम ८ करोड २४ लाख ८३ हजार रुपैयाँमा सीमित थियो। यसरी हेर्दा कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११३.२९ प्रतिशत धेरै दाबी भुक्तानी गरेको छ। 

समीक्षा अवधिमा कम्पनीको खुद मुनाफा बढेको छ। पहिलो त्रैमासको अन्त्यसम्म कम्पनी १० करोड १६ लाख १० हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा २८.९६ प्रतिशतले बढि हो। 

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च बढेको छ। कम्पनीको व्यवस्थापन खर्च ९ करोड २० लाख २७ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको व्यवस्थापन खर्च ८ करोड ५७ लाख ८६ हजार रुपैयाँ थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेर ८ अर्ब ७ करोड ४६ लाख ४५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्म कम्पनीको जीवन बीमा कोषको आकार ५ अर्ब ६९ करोड १२ लाख ३० हजार रुपैयाँमा सीमित थियो। 

अघिल्लो वर्षको पहिलो त्रैमासमा ५२ करोड ९३ लाख ६९ हजार रुपैयाँ सीमित कम्पनीको जगेडा तथा कोषको आकार बढेर ७६ करोड १ लाख ८४ हजार रुपैयाँको उचाईमा पुगेको छ। 

कम्पनीले समीक्षा अवधिसम्म १ लाख ५५ हजार २२७ वटा बीमालेख कायम रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३ लाख ५९ हजार ६६० वटा बीमालेख कायम रहेको थियो।

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १८.८६ रुपैयाँ, मूल्य आम्दानी अनुपात(पीई रेसियो) ३१.९२ गुणा र प्रतिसेयर नेटवर्थ १३२.७८ रुपैयाँ रहेको छ। 

 


Share this with your friends: