सेञ्चुरी कमर्सियल बैंकद्वारा लाभांस प्रस्ताव

2020-12-14
सेञ्चुरी कमर्सियल बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकको आज(मंसिर २९ गते)बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले हाल कायम चुक्तापुँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि समेत) गरी कुल ७.५० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।

बैठकले २०७७ असार मसान्तसम्म कायम चुक्तापुँजी ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६.३० रुपैयाँ तथा आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गर्न बाँकी रहेको १६ करोड ८३ लाख ९ हजार ४२३.७० रुपैयाँबराबरको बोनस सेयरसमेत गरी कायम हुन आउने चुक्तापुँजी ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रुपैयाँको कुल ७.५ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको छ। कुल ७.५० प्रतिशत लाभांशमा ५.२५ प्रतिशतले हुन आउने ४५ करोड ६ लाख ४८ हजार ५०२.५० रुपैयाँबराबरको बोनस सेयर र २.२५ प्रतिशतले हुन आउने १९ करोड ३१ लाख ३५ हजार ७२.५० रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरणको प्रस्ताव गरिएको छ। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ।  

 


Share this with your friends: