स्पर्श लघुवित्तद्वारा लाभांस प्रस्ताव

2020-12-15
स्पर्श लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । स्पर्श लघुवित्त वित्तीय संस्था लिमिभटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको हिजो(मंसिर २९ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ को लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आ.व २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट १९.५० प्रतिशत बोनस सेयर र १.०३ प्रतिशत नगद लाभांस गरी कुल २०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। संस्थाद्वारा प्रस्तावित कुल २०.५३ प्रतिशत लाभांसमा चुक्ता पुँजी ९ करोड ३७ लाख ४८ हजार १९० रुपैयाँको १९.५० प्रतिशतले हुन आउने १ करोड ८२ लाख ८० हजार ८९७ रुपैयाँ बराबरको बोनस सेयर र १.०३ प्रतिशतले हुन आउने ९ लाख ६२ हजार १५२ रुपैयाँ नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्।  

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चात संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ। 

 


Share this with your friends: