स्वदेशी लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, मर्जरमा जाने विशेष प्रस्ताव पारित गरिने

2020-12-27
स्वदेशी लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, मर्जरमा जाने विशेष प्रस्ताव पारित गरिने

काठमाण्डौ । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको गत पुस १० गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो माघ ०४ गते सुनसरी इटहरी स्थित होटल पाथिभरा सभाहलमा बिहान ९ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको छ। उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश गरिने स्वदेशी लघुवित्त र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था  एक आपसमा गाभ्ने÷गाभिने(मर्जर) सम्बन्धी प्रतिवेदन छलफल गरी पारित गरिनेछ। 

सभामा मर्जर कार्यका लागि सम्पत्ति दायित्व र कारोबारको मूल्यांकन प्रतिवेदन तथा सोको आधारमा निर्धारण गरिएको स्वाप रेसियो(सेयर आदानप्रदान अनुपात)माथि छलफल गरी पारित गरिनुका साथै यस प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

यस्तै आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

 


Share this with your friends: