स्वास्थ्य बीमा खरिद गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् के गर्ने के नगर्ने

2020-08-24
स्वास्थ्य बीमा खरिद गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् के गर्ने के नगर्ने

काठमाण्डौ । स्वास्थ्य बीमाले कुनैपनि मेडिकल इमरजेन्सीमा एक प्रकारको कवचको काम गर्ने गर्दछ। जानकारका अनुसार प्रत्येक व्यक्तिसंग एउटा स्वास्थ्य बीमा पोलिसी हुन आवश्यक छ। यदि तपाइँ पनि स्वास्थ्य पोलिसी खरिद गर्न गइरहनु भएको छ भने, तपाइँले के गर्नुपछ भनेर जान्न आवश्यक छ। विज्ञहरुले केहि विशेष सल्लाह दिएका छन् जसलाई अपनाएर तपाइँ स्वास्थ्य बीमा पोलिसीको कुनै मेडिकल इमरजेन्सीको अवस्थामा सही फाइदा उठाउन सक्नुहुन्छ। 

पोलिसी खरिद गर्दा यसो गर्नुस
–तपाइँलाई जुन कभरेज प्राप्त हुन्छ, त्यसमा कुन प्रकारको प्रतिबन्धहरु छन् राम्रो संग थाहा पाउनुपर्छ, 

–स्वास्थ्य बीमा पोलिसीमा नियम र शर्तहरुलाई विशेष ध्यान दिनु पर्दछ र यसलाई राम्रोसंग बुझ्नु पर्दछ। यसमा पहिले देखि नै मौजुद रोग, केहि तय रोगहरुको कभर गर्नुभन्दा अघिको वेइटिङ पीरियड, अस्पतालमा भर्ना हुने सम्बन्धि अन्य खर्च र त्यसको सिमा, पोलिसी नविकरण गर्नुभन्दा अघिका शर्तहरु, अधिकतम उमेर सिमा आदिलाई बुझ्नुपर्ने हुन्छ,

–यदि तपाइँलाई पहिले देखि नै कुनै रोग जस्तै सुगर वा उच्च रक्तचाप छ वा अन्य कुनै स्वास्थ्य समस्या छ भने त्यसको सम्पूर्ण विवरण जनाउनुपर्छ। कम्पनीले तपाइँको मेडिकल टेस्ट रिपोर्टको अपेक्षा गर्न सक्छ। यसमा तपाइँले कम्पनीको सबै प्रक्रियाहरु र नियमहरुको पालना गर्नुपर्ने हुन्छ। 

–कम्पनीको त्यस पोलिसीमा मेडिकल टेस्ट कहाँबाट कुन तरिकाले गर्न सक्नुहुन्छ र यसको खर्च कसले व्यहोर्छ भनेर बुझ्नुपर्छ,  

तपाइँको तर्फबाट सबै प्रश्नहरु र जिज्ञासाहरुको समाधानको साथ तपाइँको प्रस्ताव यदि कम्पनीले स्विकार गर्छ भने मात्रै प्रिमियम तिर्नु पर्दछ। 
आफ्नो बाकी जीवनमा पोलिसी नवीकरण अत्यधिक सर्तकर्ताका साथ गराउनुपर्छ, 

पोलिसी खरिद गर्दा यस्तो नगर्नु 
–स्वास्थ्य बीमा पोलिसी तपाइँको मेडिकल इमरजेन्सीमा वरदानको रुपमा काम आउने गर्दछ। त्यसैलै यस्तो कुनैपनि जानकारी कम्पनीसंग लुकाउनु हुदैन जसबाट तपाइँलाई दावी गर्दा कुनै प्रकारको विवादको सामना गर्न नपरोस्। 

–स्वास्थ्य बीमा पोलिसी नवीकरण गराउनमा एक दिन पनि ढिला भयो भने त्यसले असर गर्न सक्दछ। यसबाट कभरमा यसको प्रभाव पर्न सक्छ। त्यसैले समयमा रहनुभन्दा अघि नै प्रीमियम तिरेर पोलिसीलाई नवीकरण गराउनु नै समझदारी पूर्ण कदम हुन सक्छ। 

 


Share this with your friends: