स्वेदेशी लघुवित्तका सिईओ चापागाईद्वारा राजिनामा

2020-11-03
स्वेदेशी लघुवित्तका सिईओ चापागाईद्वारा राजिनामा

काठमाण्डौ । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सिईओ) गोबिन्द चापागाईले राजिनामा दिएका छन्। 

संस्थाको हिजो बसेको सञ्चालक समितिको बैठकमा चापागाईले दिएको राजिनामामाथि विस्तृत छलफल गरी बैठकबाट आगामी मंसिर १ गतेदेखि लागू हुने गरी सर्वसम्मतीबाट राजिनामा स्वीकृत भएको कम्पनीले जनाएको छ ।

यसकासाथै कम्पनीले मंसिर १ गतेदेखि निमित्त सिईओमा कम्पनीका फाइनान्स प्रमुख तथा कामु नायब प्रबन्धक राजन मगरलाई कामु सिईओको जिम्मेवारी तोकिएको जनाएको छ । 


Share this with your friends: