हिमालयन जनरल इन्स्योरेन्स डाक्यो वार्षिक साधारणसभा

2020-08-09
हिमालयन जनरल इन्स्योरेन्स डाक्यो वार्षिक साधारणसभा

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।

कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले साधारणसभाको मिति र स्थान तय गरेको हो। बैठकले यही असार २९ गते सभा डाकेको छ। सभा कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको थापागाउँमा हुनेछ। 

सभाले गत आर्थिक वर्षका लागि कम्पनीद्वारा प्रस्तावित कुल ७.७५ प्रतिशत लाभांश पारित गर्नेछ। कम्पनीले गत आर्थिक वर्षका लागि चुक्तापुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँको ४ प्रतिशतले हुन आउने ४ करोड १० लाख ८८ हजार रुपैयाँबराबको बोनस सेयर र ३.७५ प्रतिशतले हुन आउने ३ करोड ८५ लाख २० हजार रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। 


Share this with your friends: