हिमालयन बैंकद्वारा संकटा क्लबलाई रु.१० लाख प्रदान

2022-01-10
हिमालयन बैंकद्वारा संकटा क्लबलाई रु.१० लाख प्रदान

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन न्युरोडस्थित संकटा क्लबलाई १० लाख रुपैयाँ प्रदान गरी प्रायोजन गरेको छ। बैंकले उक्त रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न संकटा क्लबलाई मद्दतस्वरुप प्रदान गरेको हो।

बैंकले विगतदेखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरुको विकास र प्रवर्द्धनमा योगदान प्रदान गर्दै आएको छ। बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले उक्त रकम एक समारोहका बीच संकटा क्लबका महासचिव रमेशध्वज बस्नेतलाई हस्तानतरण गरे। उक्त समारोहमा महाप्रबन्धक अनुप मास्केलगायत अन्य वरिष्ठ पदाधिकारीसहित संकटा क्लबका अध्यक्ष इनद्रमान तुलाधरलगायत अन्य प्रतिनिधिहरुको उपस्थिति थियो।


Share this with your friends: