हिमालयन जनरल इन्स्योरेन्सको सीईओको करार संशोधन

2022-01-23
हिमालयन जनरल इन्स्योरेन्सको सीईओको करार संशोधन

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका सीईओ सुशील बज्राचार्यको करार अवधि संशोधन गरिएको छ । कम्पनीको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकको निणर्यअनुसार कम्पनी र सीईओ बज्राचार्यबीचको करार अवधि संशोधन गरिएको हो । 

आपसी सहमतिमा गरिएको संशोधनअनुसार करारको अवधि २०७८ माघ मसान्तसम्म कायम गरिएको छ । 

बज्राचार्य कम्पनीको सीईओमा वि.स २०७६ साउन १ गते दोस्रो पटक नियुक्त भएका थिए । 

 


Share this with your friends: