प्रोग्रेसिभ फाइनान्सको सञ्चालकमा महर्जन नियुक्त

2021-08-18
प्रोग्रेसिभ फाइनान्सको सञ्चालकमा महर्जन नियुक्त

काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडको सञ्चालकमा विकास महर्जन नियुक्त भएका छन् । कम्पनीको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उनी संस्थापक समूहका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । उनलाई भदौ १ गतेदेखि नै लागू हुनेगरी सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । 


Share this with your friends: