क्रिप्टोकरेन्सी सम्बन्धि कारोबार नगर्न/नगराउन राष्ट्र बैंकको निर्देशन

2021-09-10
क्रिप्टोकरेन्सी सम्बन्धि कारोबार नगर्न/नगराउन राष्ट्र बैंकको निर्देशन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी सम्बन्धि कारोबार नगर्न/नगराउन निर्देशन दिएको छ । नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरुको कारोबार/प्रयोग/माइनिङ गैरकानुनी रहेकाले यस्ता प्रकारका कार्यहरु नगर्न/नगराउन बैंकले निर्देशन दिएको हो । 

बैंकले विदेशी विनिमय नियमन गर्ने ऐन २०१९ ले दिएको अधिकार प्रयोग गरी सूचना जारी गरेको जनाएको छ । 

हालका दिनहरुमा क्रिप्टोकरेन्सीहरुको कारोबार/प्रयोग/माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रात्सान गर्ने/गराउने पाइएको र त्यस्ता कार्यहरुबाट सर्वसाधारण ठगिन सक्ने देखिएको हुँदा कसैले त्यस्तो कार्य गरे/गराएको पाइएमा कानुन बमोजिम सजाय हुने बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।  


Share this with your friends: