माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा आज, लाभांस पारित मुख्य अजेन्डा

2020-12-17
माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा आज, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारण सभा आज(पुस २) गते आयोजना हुन गईरहेको छ । 

बैंकको यसअघि स्थगित २२ औँ वार्षिक साधारण सभा आज पोखराको होटल पोखरा ग्रान्डमा भिडियो कन्फ्रेन्समार्फत हुन गईरहेको हो । बढ्दो कोभिड संक्रमण र चाडपर्वको व्यस्ततालाई कारण देखाउँदै बैंकले यसअघि कात्तिक ६ गते तय गरिसकेको २२ औं वार्षिक साधारणसभा स्थगित गरेको थियो। 

सभामा बैंकले आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट रु. २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ अर्थात चुक्ता पुँजीको ३.३७ प्रतिशतका दरले नगद लाभांश र ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ अर्थात चुक्ता पुँजीको ७.०३ प्रतिशत बराबरको बोनस सेयर वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । 

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने सम्पूर्ण कार्यहरु गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गरिनेछ। 
यसका साथै आ।व २०७६/७७ को सञ्चालक समितिकाचे वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ । 

उक्त सभामा लेखापरिक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान हिसाब, बाँडफाँड तथा नगद प्रवाह विवरण लगायतका सम्पूर्ण विवरणहरु पारित गरिनेछ । त्यस्तै आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गरिनेछ । 


Share this with your friends: