अजोड इन्स्योरेन्सद्वारा हकप्रद स्थगन

2021-04-07
अजोड इन्स्योरेन्सद्वारा हकप्रद स्थगन

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासको प्रस्ताव स्थगित गरेको छ। कम्पनीको आज(चैत २५ गते) बसेको सञ्चालक समितिको आकस्मिक बैठकले ५० प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव स्थगन गरेको हो। 

यसअघि गत चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ५० प्रतिशत(प्रत्येक दुई कित्तामा एक कित्ता) हकप्रद जारी गर्ने सम्बन्धी विशेष प्रस्ताव साधारण सभामा पेश गर्ने निर्णय गरेको थियो। सोहि निर्णय बमोजिक कम्पनीले चैत १७ गते प्रकाशित तेस्रो वार्षिक साधारण सभाको सूचनामा विशेष प्रस्ताव न. १ र २.(क) मा हकप्रद निष्कासनको प्रस्ताव समावेश गरेको थियो। 

यसपश्चात जानकारी नै नदिई हकप्रद निष्कासनको प्रस्ताव समावेश गरेको भन्दै बीमा समितिले गत चैत २३ गते हकप्रद जारी सम्बन्धी विशेष प्रस्ताव स्थगन गर्न निर्देशन दिएको थियो। समितिको सोहि निर्देशन बमोजिम कम्पनीले हकप्रद निष्कासनको विशेष प्रस्ताव स्थगन गरिएको जनाएको छ। 

 


Share this with your friends: