अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

2021-04-20
अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(वैशाख ७ गते) आयोजना हुन गईरहेको छ। आज कम्पनीको तेस्रो वार्षिक साधारण सभा काठमाण्डौ त्रिपुरेश्वरमास्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको अमन हल तेस्रो तल्लामा सभा आयोजना  हुन गईरहेको हो । 

कम्पनीको चैत १६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको थियो। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७६/७७ को तेस्रो वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय विवरण तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। सभामा समूह ख अन्तर्गत सर्वसाधारण समूहतर्फको २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ। 

वार्षिक साधारण तथा हकप्रद प्रयोजनका लागि कम्पनीले आउँदो चैत २४ गतेदेखि आज(वैशाख ७ गते)सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।  


Share this with your friends: