अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

2021-04-20
अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज आज कम्पनीको तेस्रो वार्षिक साधारण सभा काठमाण्डौ त्रिपुरेश्वरमास्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको अमन हल तेस्रो तल्लामा सम्पन्न भएको हो । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७६/७७ को तेस्रो वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय विवरण तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिएको छ।

सभाबाट समुह “ख” अन्तर्गत सर्वसाधारण शेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्ने संचालक पदमा पानु दत्त पौडेल र श्री सृजना सुवेदी  र्निविरोध निर्वाचित भएका छन् । यस्तै स्वतन्त्र विज्ञ संचालक श्री विष्णु प्रसाद नेपालको नियुक्तिको अनुमोदन गरिएको छ । 

कम्पनीले २०७७ फाल्गुण मसान्तसम्म प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालयहरु, १० बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ । हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस तथा सोको कारण भएको बन्दाबन्दीले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद कम्पनीले आ.व. २०७६/०७७ मा कुल अठासी करोड त्रिचालिस लाख सत्र हजार दूई सय अठार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको खुद नाफा चार करोड छपन्न लाख चौतिस हजार छ सय एकहत्तर मात्र रहेको र  बीमाकोषको आकार छ करोड तेइस लाख बहत्तर हजार छ सय बाउन्न रुपैयाँ  रहेको छ । अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ११३.१३%, खुद नाफामा २४७.३९%, एवं बीमाकोषमा १०४.०८% ले वृद्धि हासिल गर्न सफल भएको छ ।

 


Share this with your friends: