अजोड इन्स्योरेन्स चौथो वर्षमा प्रवेश, डिजिटल इन्स्योरेन्स पोलिसी जारी गर्ने लक्ष्य

2021-07-05
अजोड इन्स्योरेन्स चौथो वर्षमा प्रवेश, डिजिटल इन्स्योरेन्स पोलिसी जारी गर्ने लक्ष्य

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेड विविधि कार्यक्रम आयोजना गरी आज आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। 

कम्पनीले प्रधान कार्यालय सीटीसी मल सुन्धारामा रक्तदान कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायत कम्पनीको कर्मचारी र आगन्तुकसमेत गरी ३५ जनाले रक्तदान गरेका थिए। 

कम्पनीले प्रधान कार्यालयसहित सातै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय तथा २२ वटा शाखा कार्यालय, १७ वटा उपशाखा कार्यालय गरि जम्मा ४७ वटा कार्यालय, ३ वटा तेस्रो पक्ष बीमा काउन्टर र ७ वटा बीमा काउन्टरमार्फत बीमा सेवा प्रदान गर्न कम्पनी सक्षम भएको छ भने कम्पनीको सम्पूर्ण कार्यालय र बीमा काउन्टरमा करिब २६७ जना कर्मचारी कार्यरत छन्। 

कम्पनीले प्रदान गर्ने बीमा सेवालाई छिटोछरितो, भरपर्दो र स्तरीय बनाउँदै लैजानका लागि वेब बेस सिस्टम र कम्प्युटर बिलिङको व्यवस्था गर्नुका साथै दावी भुक्तानी प्रक्रियालाई छिटोछरितो चुस्त एवं पारदर्शी बनाउने उद्देश्यले फास्ट ट्रयाक दाबी भुक्तानी नीति अवलम्बन गरी रु। २ लाखसम्मको दाबी तत्कालै भुक्तानी गर्ने व्यवस्था गरेको छ। 

कम्पनीले इन्ट्रीग्रेटेड एमआईएस सिस्टम, इन्भेस्टमेन्ट सफ्टवेयर, ग्रुप एसएमएस सिस्टम र अजोड च्याट बोर्डको सुरुआत गरिसकेको छ । त्यसैगरी डिजिटल पेमेन्ट गेटवेका लागि कम्पनीले आईएमई पे, प्रभु पे, एचआईसी एशिया फोन पे, सेल पे, खल्ती, इसेवा, पे वेल र कनेक्ट आईपीएस आदि सेवाहरुसमेतको सुरुआत गरिसकेको छ। 

चालु आवको आजसम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब, लगानी रु. १४७.३१ करोड र कुल दाबी भुक्तानी रु. ५८.९७ करोड ( कोरोना बीमा दाबी भुक्तानी रु. १२.९७ करोड र अन्य बीमा दाबी भुक्तानी रु.४६ करोड ) रहेको छ।

कम्पनीले प्रविधिमा आधारित बीमा सेवा प्रदान गर्ने लक्ष्यअनुरुप आगामी दिनमा डिजिटल इन्स्योरेन्स पोलेसी जारी गर्ने प्रक्रियामा रहेको जनाएको छ । यसका साथै आगामी दिनमा कम्पनीले बीमा सेवाको पहुँच बढाउनका लागि देशका सुगमदेखि दुर्गम क्षेत्रमा समेत आफ्नो बीमा सेवा विस्तार गर्दै लैजाने लक्ष्य लिएको कम्पनीले जनाएको छ । 

त्यसैगरी ग्राहकको आवश्यकताका आधारमा केही नयाँ बीमालेख पनि प्रचलनमा ल्याउने तयारी गरेको छ।

कोरोनाभाइरसको दोस्रो लहरको माहामारीको विषम परिस्थितिका बावजुत हाल सम्म १ लाख २० हजार ७०६ बीमालेख जारी गरी रु। १२०।८३ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको कम्पनीले जनाएको छ। 


Share this with your friends: