अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा सिभिल क्यापिटल नियुक्त

2021-07-19
अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा सिभिल क्यापिटल नियुक्त

काठमाण्डो । अजोड इन्स्योरेन्स लिमिटेडको सेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । अजोड इन्स्योरेन्स र सिभिल क्यापिटल मार्केट लिमिटेडबीच सेयर रजिस्ट्रार सेवाका लागि साउन ३ गते सम्झौता भएको हो। 

अजोड इन्स्योरेन्सको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र सिभिल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुंगेलले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। 

यो सम्झौतासँगै अब सिभिल क्यापिटलले अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारका रुपमा काम गर्नेछ। सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ। 


Share this with your friends: