अजोड इन्स्योरेन्सले भर्चुअल माध्यमबाट निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

2021-08-29
अजोड इन्स्योरेन्सले भर्चुअल माध्यमबाट निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले भर्चुअल माध्यम(जुम मिडिया)का माध्यमबाट निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो । 

कम्पनीले यो तालिम आगामी भदौ २९ गतेदेखि ३१ गतेसम्म सञ्चालन गर्न लागेको हो । यो तालिम लिने इच्छुक सहभागीको न्यूनतम शैक्षिक योग्यता एलएलसी पास वा सो सरह उत्तिण गरेको हुनुपर्नेछ । तालिममा सहभागी हुन चाहने व्यक्ति वा संस्थाका प्रतिनिधिहरुले नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्रहरु, स्थायी लेखा नेम्बर परिचय(नोटरीसहित)को प्रतिलिपि, पासपार्ट साइजको फोटो ४ प्रति, संस्थाको हकमा सिफारिस पत्र र आफ्नो मोबाइल नम्बर कम्पनीको इमेल ठेगाना info@ajodinsurance.com मा आगामी भदौ २४ गतेसम्म पठाईसक्नुपर्नेछ । 

यसका साथै अभिकर्ता इजाजतपत्रका लागि रु.५०० कम्पनीको ग्लोबल आइएमई बैंक थापाथलीको खाता नम्बर N301010000052 मा जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ ।  


Share this with your friends: