अजोड इन्स्योरेन्स र भक्तपुर उद्योग वाणिज्य संघबीच बीमा सेवा सम्झौता

2022-03-15
अजोड इन्स्योरेन्स र भक्तपुर उद्योग वाणिज्य संघबीच बीमा सेवा सम्झौता

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेड र भक्तपुर उद्योग वाणिज्य संघबीच बीमा सहकार्य सम्झौता सम्पन्न भएको छ। 

उक्त अवसरमा ‘उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा’ विषयक अन्तर्क्रिया कार्यक्रम पनि सम्पन्न भएको छ।‬‬

संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सम्पूर्ण सहभागीलाई स्वागत गर्दै बीमाको अपरिहार्यताको बारेमा प्रकाश पारेका थिए। 

सोही कार्यक्रममा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले भक्तपुर क्षेत्रका व्यवसायीसँग सहकार्य गरी परिस्कृत सेवा प्रदान गर्न यो सम्झौताले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास र प्रतिबद्धता व्यक्त गरेका थिए। 

कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक डोरिन्द्रराज दाहालले आजको बदलिँदो परिस्थितमा बीमाको अपरिहार्यताका बारेमा प्रकाश पार्दै बीमा गर्ने समयमै पर्याप्त छलफल गर्न सकेमा पछि दाबीको अवस्थामा कुनै समस्या नहुने कुरा आफ्नो प्रस्तुतीकरणमा बताएका थिए। 

कार्यक्रमका संयोजक तथा संघका महासचिव दिनेश गोंसाइले कार्यक्रमको औचित्य र बीमाको महत्वका बारेमा प्रस्ट पारेका थिए भने संघका वरिष्ठ उपाध्यक्ष रोशनी मैयां धौवन्जाले बीमाको अपरिहार्यताका बारेमा आफ्नो मन्तव्य राखेका थिए। 

सोही अवसरमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत खत्री र संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बीमा सेवा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। 


Share this with your friends: