अजोड इन्स्योरेन्सको बीमाशुल्क आर्जन ११.५६ करोड, मुनाफा कति ?

2020-11-12
अजोड इन्स्योरेन्सको बीमाशुल्क आर्जन ११.५६ करोड, मुनाफा कति ?

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा ११ करोड ५६ लाख ५९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ४५.४८ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ७ करोड ९५ लाख रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ६८ लाख ६९ हजार रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोहि अवधिको तुलनामा ४४.८५ प्रतिशतले बढि हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम ४७ लाख ४२ हजार रुपैयाँमा सीमित थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीले ३ करोड ४५ लाख २४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको दाबी भुक्तानी ९५.८४ प्रतिशतले धेरै हो। अघिल्लो वर्ष कम्पनीले १ करोड ७६ लाख २९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको खुद मुनाफा वृद्धि भएको छ। पहिलो त्रैमासको अन्त्यसम्म कम्पनी ५ करोड ३० लाख ५४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८०.४४ प्रतिशतले बढि हो। 

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च २८.१२ प्रतिशतले बढेको छ। कम्पनीको व्यवस्थापन खर्च ५ करोड ३८ लाख ८१ हजार रुपैयाँ रहेको छ। 

यसैगरी समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार बढेर ८ करोड ८१ लाख २७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्म कम्पनीको जीवन बीमा कोषको आकार ३ करोड २० लाख ९५ हजार रुपैयाँमा सीमित थियो। 

अघिल्लो वर्षको पहिलो त्रैमासमा १ करोड ८२ लाख २९ हजार रुपैयाँमा सीमित रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ६ करोड ९३ लाख ७० हजार रुपैयाँ पुगेको छ । 

कम्पनीले समीक्षा अवधिसम्म ३५ हजार ९५२ बीमालेख जारी गरेको छ। 

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ५.३० रुपैयाँ, पिई अनुपात ३८ गुणा र प्रति सेयर नेटवर्थ १३४.९३ रहेको छ।   

 


Share this with your friends: