अजोड इन्स्योरेन्सका सेयरधनीको हात खाली हुने, गत आ.व लागि लाभांस नदिने निर्णय

2021-02-17
अजोड इन्स्योरेन्सका सेयरधनीको हात खाली हुने, गत आ.व लागि लाभांस नदिने निर्णय

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडका सेयरधनीको हात रित्तो हुने भएको छ। कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि सेयरधनीलाई कुनै पनि लाभांस वितरण नगर्ने जनाएको छ। 

कम्पनीले एक सूचना जारी गर्दै लाभांस वितरण नगर्ने जानकारी दिएको हो। कम्पनीको गत माघ २१ गते बसेको ८४ औँ बैठकले आ.व २०७६/७७ को वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतिका लागि बीमा समिति पेश गरेको र सेयरधनीलाई कुनै पनि लाभांस वितरण नगर्ने निर्णय गरेको जनाएको छ। 

 


Share this with your friends: