अजोड इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, हकप्रद निष्कासन मुख्य अजेन्डा

2021-03-30
अजोड इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, हकप्रद निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत १६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो वैशाख ७ गते मंगलबारका दिन काठमाण्डौ त्रिपुरेश्वरमास्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको अमन हल तेस्रो तल्लामा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा हाल कायम रहेको कम्पनीको चुक्तापूँजी ५० प्रतिशत अर्थात प्रत्येक २ कित्ता सेयर बराबर १ कित्ताको दरले हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यस्तै कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने तथा हकप्रद सेयरको हदसम्म जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७६/७७ को तेस्रो वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय विवरण तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। सभामा समूह ख अन्तर्गत सर्वसाधारण समूहतर्फको २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ। 

वार्षिक साधारण तथा हकप्रद प्रयोजनका लागि कम्पनीले आउँदो चैत २४ गतेदेखि वैशाख ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।  

 


Share this with your friends: