अपि पावरको अवितरित हकप्रद सेयर लिलामीमा

2022-06-01
अपि पावरको अवितरित हकप्रद सेयर लिलामीमा

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आज(जेठ १८ गते)देखि सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको ४ लाख ४९ हजार ३२८ कित्ता हकप्रद सेयर लिलामीमा राखेको हो । 

यो लिलामी सेयरमा इच्छुक व्यक्ति, संघ संस्था वा कम्पनीहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएकाले लगानीकर्ताले सो मूल्यभन्दा बढी रकम अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सेयर संख्याका लागि कुनै हद तोकिएको छैन । 

लगानीकर्ताले काठमाण्डौको थापाथलीस्थित अपी पावरको कार्यालय, काठमाण्डौको नक्सालस्थित मुक्तिनाथ क्यापिटलको कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगन्ज, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुरमा आवेदन पेश गर्नुपर्नेछ । 

यो लिलामी सेयरको बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  


Share this with your friends: