अभिकर्ताले पाउने मासिक सेवा सुविधा तथा उपहार बीमा समितिले निर्धारण गरेको सीमा भित्र रहि प्रदान गर्न निर्देशन

2021-04-27
अभिकर्ताले पाउने मासिक सेवा सुविधा तथा उपहार बीमा समितिले निर्धारण गरेको सीमा भित्र रहि प्रदान गर्न निर्देशन

काठमाडौं । बीमा समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई अभिकर्ताका लागि मासिक रुपमा संचालन गर्ने उपहार कार्यक्रममा कडाइ गर्न निर्देशन दिएको छ । समितिले जीवन बीमकहरुलाई बीमा समितिले निर्धारण गरेको १८ प्रतिशतको सीमा भित्र रहेर उक्त सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो । 

यस्तै समितिले १८ प्रतिशतको सीमाभित्र रहेर उपहार वितरण गरे त्यसको स्वीकृतीका लागि बीमा समितिमा पेश गर्नु नपर्ने जनाएको छ । यसअघि बीमा समितिले निर्धारण गरेका सीमाभन्दा बढी खर्च गर्नुपर्दा स्वीकृतीका लागि समितिमा पेश गर्नुपर्ने प्रावधान थियो ।   

 


Share this with your friends: