beema samiti

बीमा समितिद्वारा असार मसान्तभित्र मर्जरमा जाने कम्पनीहरुलाई छुटको व्यवस्था

काठमाण्डौ । बीमा समितिले असार मसान्तभित्र मर्जरमा जाने बीमा कम्पनीहरुलाई छुटको व्यवस्था गरेको छ । समितिले असारमसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीहरुलाई पुँजीगत लाभ कर,लाभांस कर र कर्मचारीहरुको अवकाश भुक्तानीमा कर छुटको व्यवस्था गरिने जनाएको छ ।  समितिले बीमक पश्चात कायम हुने नयाँ बीमकमा रहेका सेयरधनीहरुले आफ्नो सेयर गाभिएको...

बजारले रिजेक्ट गर्यो पूँजी वृद्धिको योजना,बीमा कम्पनीहरुको सेयरमूल्यमा ४३%सम्मको गिरावट

काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा निरन्तर गिरावट आईरहेको छ । गत भदौ ३ मा ३१९८.६० बिन्दुको ऐतिहासिक उचाई चुमेको नेप्से परिसूचक निरन्तर ओरालो लाग्दै अहिले २१०० को लाइनमा झरेको छ ।  परिसूचकमा गिरावटसँगै कारोबार रकममा पनि उल्लेख कमी आएको छ । राष्ट्र बैंकले ल्याएको सेयर धितो कर्जामा ४–१२ को क्याप, सीसीडी रेसियोलाई सीडी रेसियोमा...

अब बीमा कम्पनीहरुले दुई स्वेदेशी पुनर्बीमकमा समान रुपमा पुनर्बीमा गर्नुपर्ने

काठमाण्डौ । बीमा कम्पनीहरुले प्रत्यक्ष हिस्सा अन्तर्गत अनिवार्य गर्नुपर्ने पुनर्बीमा नेपाल पुनर्बीमा र हिमालयन रिलाई समान रुपमा बाड्नुपर्ने भएको छ। यसअघि बीमा कम्पनीहरुले प्रत्यक्ष हिस्साको कम्तीमा २० प्रतिशत नेपालकै पुनर्बीमा कम्पनीमा गर्नुपर्ने व्यवस्था अन्तर्गत नेपाल पुनर्बीमा कम्पनीमा मात्रै गर्दै आएका थिए। तर अब भने...

1663308665norvic-gif.gif

यस्ता छन् बीमा समितिबाट चालु आर्थिक वर्षमा सम्पादन भएका मुख्य कार्यहरु

काठमाडौं ।  बीमा  समिति जेठ १ गते आफ्नो स्थापनाको ५३ वर्ष पुरा गरी ५४ औ वर्षमा प्रवेश गरेको छ । ‍यस अवसरमा बीमा व्यवसायलाई विकसित, नियमित, व्यवस्थित र  नियन्त्रित  गर्ने समितिको  उद्देश्य  तथा जिम्मेवारीलाई सशक्त ढङ्गले  अगाडि बढ्न सहयोग गर्ने सबैलाई बीमा समितिले हार्दिक धन्यवाद ज्ञापन गरेको छ । साथै समितिको काम...

‘बीमा कम्पनीहरूले बीमा व्यापार मात्र होइन, सेवा पनि हो भन्ने बुझ्न र बुझाउन आवश्यक छ’–जनार्दन शर्मा

–जनार्दन शर्मा‘प्रभाकर’ नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समिति ५३ वर्ष पुरा गरी ५४ वर्षमा प्रवेश गरेको यस सुखद अवसरमा समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, कार्यकारी निर्देशक लगायतका पदाधिकारी तथा कर्मचारी लगायत बीमा क्षेत्रसँग सम्बद्ध सबै सरोकारवालालाई शुभ–कामना व्यक्त गर्न चाहन्छु।आजको युगमा विभिन्न...

‘एक तिहाइ जनसङ्ख्यामा बीमाको पहुँच पुर्याउने लक्ष्य नौ महिनामै पुरा गर्यौँ’–सूर्य प्रसाद सिलवाल

–सूर्य प्रसाद सिलवाल बीमा ऐन, २०४९ अन्तर्गत नेपालको बीमा नियमनकारी निकायका रूपमा स्थापना भएको बीमा समिति मिति २०७९ साल जेठ १ गतेदेखि आफ्नो स्थापनको ५३ औँ वर्ष पूरा गरी ५४ औँ वर्षमा प्रवेश गरेको सु–अवसरमा समितिका सञ्चालक समितिका सदस्यज्यूहरू, पूर्व अध्यक्षज्यूहरू, कार्यकारी निर्देशक लगायत कर्मचारीहरू, बीमित, बीमक, बीमा अभिकर्ता,...

16454172591200x120.gif

इन्जिनियरिङ बीमादर सम्बन्धी निर्देशिका स्थगित

काठमाण्डौ । बीमा समितिले इन्जिनियरिङ बीमा दरसम्बन्धी निर्देशिका २०७८ लाई स्थगन गरेको छ । विभिन्न संघ संगठनहरुको विरोध गरेपछि समितिले इन्जिनियरिङ बीमा दरसम्बन्धी निर्देशिका २०७८ लाई हालका लागि स्थगन गरेको हो । बीमा समितिले सोमबार काठमाडौंमा आयोजाना गरेको निर्माण व्यवसायी महासंघ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल लगायत...

बीमा समिति र सार्वजनिक खरिद अनुगमन कार्यालयमा निर्माण व्यवसायी महासंघको धर्ना

काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामाग्रीको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावली (एघारौँ संशोधन)को विरोध र बीमा निर्देशिकाको बिरोधमा आजदेखि सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा धर्ना कार्यक्रम सुरु गरेको छ । महासंघ अध्यक्ष रवि सिंहको नेतृत्वमा व्यवसायीहरूले पूर्व निर्धारित कार्यक्रम अनुसार सार्वजनिक...

बीमा निर्देशिका २०७८ को खारेजी एवं संशोधनको माग गर्दै नेपाल निर्माण व्यवसायी महासंघ धर्नामा

काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागहरू पूरा नभएको भन्दै आज(वैशाख ८ गते)देखि सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा धर्ना दिने भएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव र बीमा समितिका कार्यकारी निर्देशकलाई छुट्टाछुट्टै भेटी आन्दोलनको क...

सगरमाथा इन्स्योरेन्सद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत भएको छ । बीमा समितिले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित २० प्रतिशत बोनस सेयर र १.०५२६३ प्रतिशत नगद लाभांस गरी कुल २१.०५२६३ प्रतिशत लाभांस स्वीकृत गरेको हो ।  बीमा समितिबाट लाभांस स्वीकृत भएपछि कम्पनीको वैशाख ५ गते बसेको...

बीमा कम्पनीहरुले असार मसान्तभित्र वार्षिक नीति तथा कार्यक्रम र बजेट तयार गर्नुपर्ने

काठमाण्डौ । जीवन र निर्जीवन दुवै बीमकहरुले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र वार्षिक नीति तथा कार्यक्रम र बजेट तयार गरी बीमा समितिबाट स्वीकृत गराउनुपर्ने भएको छ । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ लाई दोस्रो पटक संशोधन गर्दै बीमकले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आगामी आर्थिक वर्षको वार्षिक...

बीमा कम्पनीका सञ्चालक दुई कार्यकालभन्दा बढी पदमा बस्न नपाउने,रिक्त सीईओ पद ३ महिनाभित्रमा नियुक्त गर्नुपर्ने

काठमाण्डौ । अब बीमा कम्पनीका सञ्चालकहरु दुई कार्यकालभन्दा बढी सयमका लागि   सञ्चालक पदमा रहन नपाउने भएका छन् । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ लाई दोस्रो पटक संशोधन गर्दै सञ्चालक पदमा मनोनित भई वा दुई वा सोभन्दा बढी कार्यकाल सञ्चालक भई पुन सञ्चालक नियुक्ती वा मनोनित हुन नसक्ने जनाएको हो ।  यो नयाँ...

बीमा सर्भेयर इजाजतपत्र समयमै नवीकरण गर्न आह्वान,अनलाइन प्रणालीबाट नवीकरण गर्ने यस्तो छ प्रक्रिया

काठमाण्डौ । बीमा समितिले बीमा सर्भेयर इजाजतपत्र समयमै नवीकरण गर्न सम्पूर्ण इजाजत प्राप्त सर्भेयरहरुलाई आग्रह गरेको छ । समितिले गत चैत ८ गतेदेखि अनलाईन प्रणालीबाट २०७९ का लागि बीमा सर्भेयर इजाजतपत्र नवीकरण गर्ने कार्य सुरु गरेको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त संस्था नेपाल क्लियरिङ हाउस लिमिटेडको...

वित्तीय साक्षरता र्‍यालीमा बीमा समितिको सहभागीता

काठमाण्डौ । विश्व वित्तीय सप्ताह (Global Money Week-2022)का अवसरमा आज काठमाण्डौमा वित्तीय प्रणालीका नियामक निकायहरुको समन्वय एवम सहभागीतामा वित्तीय साक्षरता र्याली आयोजना गरिएको छ ।  र्यालीमा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल,कार्यकारी निर्देशक राजुरमण पौडेल,निर्देशकहरुश्र कमलप्रसाल रेग्मी,सुशिलदेव सुवेदी,पूजन ढुंगेल तथा दिनेश कुमार...

समितिद्वारा वार्षिकोत्सवका अवसरमा प्रकाशन हुने विशेषाङ्कका लागि लेख रचना पठाउन आह्वान

काठमाण्डौ । बीमा समितिले आफ्नो वार्षिकोत्सवका अवसरमा ‘बीमा समाचार र बीमा विशेषाङ्क’ प्रकाशन गर्न भएको छ । समितिले २०७९ जेठ १ गते ५४ औँ वार्षिकोत्सवका अवसरमा प्रकाशन हुने उक्त विशेषाङकमा समग्र अर्थतन्त्र,बित्त,बैंक,बीमा,पूँजीबजार,व्यवस्थापन लगायतका विषयसँग सम्बन्धीत लेख रचनाहरु पठाउन आह्वान गरेको छ ।  उक्त रचनाहरु तथ्यपरक तथा...