आइएमई जनरल इन्स्योरेन्स द्वारा अभिकर्तालाई भर्चुअल तालिम

2020-08-28
आइएमई जनरल इन्स्योरेन्स द्वारा अभिकर्तालाई भर्चुअल तालिम

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्सले कोरोना महामारीका कारण जारी निषेधाज्ञाका बिच आफ्ना अभिकर्ताहरुलाई भर्चुअल तालिम दिएको छ। कम्पनीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर र काठमाण्डौं उपत्यका लगायतका देशको मूख्य शहरहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको यस विषम परिस्थतिमा पनि आफ्ना अभिकर्तालाई भर्चुअल तालिमको आयोजना गरेको हो।


कम्पनीले गत भाद्र १० गते देखि १२ गतेसम्म निर्जिवन बीमाको विविध क्षेत्रलाई समेटेर अभिकर्ताहरुलाई प्रशिक्षण प्रदान गरेको छ ।  

कम्पनीका विभागीय प्रमुखहरु देखि उच्च पदस्थ पदाधिकारीहरुले समेत प्रशिक्षण प्रदान गराएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा ५५ जना भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

 


Share this with your friends: