आइएमई जनरल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

2021-02-17
आइएमई जनरल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आ.व २०७६/७७ का लागि ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांस गरी कुल ७.३७ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीद्वारा प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ को ७ प्रतिशतले हुन आउने ७ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर र ०.३७ प्रतिशतले हुन आउने ३९ लाख ८६ हजार ८४२.११ रुपैयाँ बराबरको नगद लाभांस रहेका छन्। 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वािर्षक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ। 

 


Share this with your friends: