आइएमई लाइफ र नेष्डो समृद्ध लघुवित्तद्वारा आईपीओ निष्कासनको अनुमति माग

2021-06-23
आइएमई लाइफ र नेष्डो समृद्ध लघुवित्तद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेष्डो सम्वृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन(समक्ष आवेदन दिएका छन् । 

आईपीओ निष्कासनको माग गर्दै आइएमई लाइफले गत जेठ ३१ गते र नेष्डो सम्वृद्धि लघुवित्तले गत असार ०६ गते बोर्डमा आवेदन दिएका हुन् । 

आइएमई लाइफले ६० करोड रुपैयाँ बराबरको रु.१०० अंकित दरका कुल ६० लाख कित्ता सेयर आईपीओ निष्कासनको अनुमति माग गरेको छ । यस्तै नेष्डो सम्वृद्धि लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबराको रु. १०० अंकित दरका ८ लाख २८ हजार ७५० कित्ता सेयर आईपीओ निष्कासनको अनुमति माग गरेको छ ।  

आइएमई लाइफकोको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धका रुपमा सिभिल क्यापिटल लिमिटेड र नेष्डो लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  


Share this with your friends: