आइएमई लाइफको मुनाफामा सामान्य वृद्धि, जीवन बीमा कोषको आकार १ अर्ब माथि

2021-08-23
आइएमई लाइफको मुनाफामा सामान्य वृद्धि, जीवन बीमा कोषको आकार १ अर्ब माथि

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा २ अर्ब ७३ करोड २८ लाख २७ हजार ७५७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ९९.३१ प्रतिशतले धेरै हो। गत आ.वको चौथो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३७ करोड करोड ११ लाख ६५ हजार ७०५ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत २३ करोड ५१ लाख ५६ हजार ३५६ रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा यो रकम १४ करोड ४९ लाख ७९ हजार ०७० रुपैयाँमा सीमित थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीले ४८ करोड ४ लाख ३१ हजार २५६ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम १० करोड १४ लाख ७३ हजार १८० रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीले खुद नाफा बढाएको छ। चौथो त्रैमासको अन्त्यसम्म कम्पनी १३ करोड ४ लाख ९ हजार ५५५ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा १.०५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १२ करोड ९० लाख ५३ हजार ६८५ रुपैयाँ मुनाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्ममा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ।

कम्पनीको व्यवस्थापन खर्च ५३ करोड ६७ लाख ८६ हजार ५४०
रुपैयाँ छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च ३४ करोड १७ लाख २२ हजार ३२६ रुपैयाँ थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेर २ अर्ब ९७ करोड २९ लाख ६४ हजार २६१ रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा १०३.१९ प्रतिशतले बढी हो।

अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषको आकार १ अर्ब ४६ करोड ३१ लाख ५ हजार ८८२ रुपैयाँमा सीमित थियो। अघिल्लो वर्ष ३१ करोड ६५ हजार ८७४ रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ४७ करोड ७७ लाख ५८ हजार ०५३ रुपैयाँको उचाइमा पुगेको छ। त्यस्तै समीक्षा अवधिसम्म कम्पनीले ६१ हजार ०८२ बीमालेख संख्या जारी गरेको छ।

अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ४० हजार ५३४ बीमालेख जारी गरेको थियो। कम्पनीको प्रति सेयर आम्दानी(इपिएस) ९.३१ रुपैयाँ, प्रति सेयर नेटवर्थ १३७.८० रुपैयाँ र प्रति सेयर सम्पत्तिको मूल्य ३५०.१५ रुपैयाँ रहेको छ ।


Share this with your friends: