आइएमई लाइफद्वारा ब्रान्च म्यानेजर पदका लागि आवेदन माग

2022-01-12
आइएमई लाइफद्वारा ब्रान्च म्यानेजर पदका लागि आवेदन माग

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालयहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले ७ वटै प्रदेशका ३४ वटा शाखा कार्यालयहरुमा ब्रान्च म्यानेजर माग गरेको हो । 

कम्पनीले प्रदेश नं. १ को काँकडभित्ता, फिदिम, तेह्रथुम, बसन्तपुर तेह्रथुम, खोटाङ, प्रदेश नं. २ को कलैया, बागबजार, राजधानी, र कंचनपुर, बागमती प्रदेशको न्यूरोड, गोङ्गबु, स्वयम्भू, इमाडोल, चापागाउँ, पेप्सिकोला, कीर्तिपूर, सुन्दरीजल, चौतारा र बनेपा, त्यस्तै, गण्डकी प्रदेशको पोखरा, गैँडाकोट, पालुङटार, हेम्जा, बिरौटा र बुर्तिबाङ, लुम्बिनी प्रदेशको बुटवल, चन्द्रौटा, भैरहवा र तौलिहवा, त्यस्तै कर्णाली प्रदेशमा खजुरा, जाजरकोट र सुदूरपश्चिम प्रदेशको बझाङ, बैतडी र महेन्द्रनगर शाखा गरी कुल ३४ शाखाका लागि ब्रान्च म्यानेजरका लागि आवेदन माग गरेको हो ।  

कम्पनीले निर्धारण गरेको मापदण्ड पुरा गरेका इच्छुक आवेदकहरुले माघ १३ गतेसम्म कम्पनीको इमेल ठेगाना मार्फत आवदेन दिन सक्ने कम्पनीले जनाएको छ । 


Share this with your friends: