आइएमई लाइफद्वारा नयाँ बोनस दर निर्धारण, अधिकतम ७० रुपैयाँसम्म प्रदान गरिने

2022-01-24
आइएमई लाइफद्वारा नयाँ बोनस दर निर्धारण, अधिकतम ७० रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६र७७ का लागि बीमितलाई प्रदान गरिने बोनस सेयर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ। 

कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत ० देखि ९ वर्ष अवधिका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३५ रुपैयाँ,२० देखि २४ वर्षका लागि ४८ रुपैयाँ र २५ वा सोभन्दा माथिका लागि ७० रुपैयाँ बोनस दर कायम गरेको छ। 

यस्तै सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमा लेख अन्तर्गत ० देखि ९ वर्ष अवधिका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४८ रुपैयाँ र २५ वा सोभन्द माथिका लागि ७० रुपैयाँ बोनस दर निर्धारण गरेको छ। 

कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख १० देखि १४ वर्षका लागि पनि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४८ रुपैयाँ र २५ वा सोभन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनस दर तोकेको छ। 

वार्षिक अग्रिम भुक्तानी सावधिक(धन सरिता) अन्तर्गत सम्पूर्ण बीमा अवधिका लागि २० रुपैयाँ कायम गरेको छ। 

कम्पनीले उल्लेखित अवधिका लागि उपरोक्त बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने र कम्पनीको आगामी बीमांकिय मूल्यांकन नभएसम्मका लागि अन्तरिम बोनस दर उपरोक्त बोनस दर बमोजिम कायम गरिएको जनाएको छ।    


Share this with your friends: